प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ



नेपाल दर्पण, काठमाडौं ।
प्रतिनिधिसभाका सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूले सिंहदरबारस्थित संसद् भवनमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसँग शपथ लिएका हुन् । यसका लागि सांसदहरू आ–आफ्नै वेशभूषामा शपथका लागि सिंहदरबार पुगेका थिए । यसअघि बुधबार केसीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका थिए ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । दुई सय ७४ सांसद मध्ये ६३ जनाले नेपालीबाहेकको भाषामा सपथ लिएको संसद सचिवालयले जनाएको छ । सपथको क्रममा विभिन्न राजनीतिक दलका नेताहरु आफ्नो अनुकूलको सिट रोजेर बसेको देखिन्छ ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल हलको अग्रपंक्तिमा बसेका थिए । पूर्व सहयोद्धा समेत रहेका उनीहरुबीचको सामिप्यताले मिडियाको ध्यान खिचेको थियो । त्यस्तै, रास्वपा सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन साह अर्को लहरमा सँगै बसेका थिए ।

