June 3, 2026

रवि लामिछानेको भारत भम्रणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैनःप्रवक्ता पोखरेल

0
sasmitp

नेपाल दर्पण, काठमाडौं ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भम्रणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध नरहेको बताएका छन् । उनले सभापति लामिछाने आफैं भारत जान लागेको भन्दै प्रधानमन्त्रीसँग त्यसको कुनै पनि सम्बन्ध नरहेको बताए । “सभापतिज्यू आफ्नै ढंगले जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्योसँग कुनै सम्बन्ध छैन,” पोखरेलले भने ।

यस्तै पोखरेलले प्रधानमन्त्री कार्यव्यस्तताका कारण तत्काल भारतभ्रमणमा नगएको प्रतिक्रया दिएका छन् । प्रवक्ता पोखरेलले प्रधानमन्त्री १०० कार्यसूची पूरा गर्न व्यस्त रहेका कारण बाहिर निस्कन नपाएको तर्क गरे । ‘प्रधानमन्त्रीज्यू भारत मात्र नजानुभएको होइन, कुनै देश पनि गइरहनुभएको छैन । पहिले १०० दिनको कार्यव्यस्तता एकदम धेरै छ । हामी सबै त्यसमा व्यस्त छौँ’, उनले भने । मन्त्रिपरिषद् बैठकपछि सभापति लामिछानेको भ्रमण प्रधानमन्त्री बालेन्द्र शाहसँगको समझदारीमा हो वा पार्टीगत भन्दै सोधिएको प्रश्नमा उनले सो कुरा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *