October 11, 2026

सम्भावित वर्षा र बाढीको घण्टा–घण्टामा सूचना दिइने, सर्तक रहन प्रधानमन्त्रीको अपिल

0
balenn

नेपाल दर्पण, काठमाडौं ।

सरकारले असोज ८ देखि १० गतेसम्मको सम्भावित भारी वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै घण्टा–घण्टामा पूर्वसूचना दिने भएको छ । यता, प्रधानमन्त्री बालेन्द्र शाहले पनि बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गरी तीन दिनसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने चेतावनी दिएका छन् ।

असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावन ा रहेको भन्दै सचेत रहन उनले आग्रह गरेका छन् । प्रधानमन्त्री हाल राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीकाअनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ । सम्भावित बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उनले जानकारी दिए । हाल देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिनुका साथै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तीव्र पारिएको छ, उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *