October 11, 2026

राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री अमेरिका प्रस्थान

0
balenus1

नेपाल दर्पण, काठमाडौं ।

संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन् । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका छ ।

उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । अमेरिकाको न्युयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष (भीभीआईपी)को प्रयोग गरेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *