विद्यादेवी भण्डारीको ११ वर्षपछि एमालेमा ‘कमब्याक’

नेपाल दर्पण, काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)को वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ । २०७२ सालमा पहिलोपटक राष्ट्रपति निर्वाचित भएपछि एमालेको सम्पूर्ण जिम्मेवारी त्यागेकी भण्डारीले करिब ११ वर्षपछि दलीय राजनीतिमा ‘कमब्याक’ गरेकी हुन् ।

भण्डारीले एमालेको ११ औं महाधिवेशनअघि नै सक्रिय राजनीतिमा फर्किने तयारी गरेकी थिइन् । तर, पार्टी सदस्यता नवीकरण नहुँदा उनी सक्रिय हुन पाएकी थिइनन् । पार्टीका पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने÷नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको हो । केन्द्रीय कमिटीको बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो ।
