October 11, 2026

बूढीगण्डकी नदीमा बाढीः ४ जना बेपत्ता, ३ पुल र १७ याक बगे

0
budhi

नेपाल दर्पण, काठमाडौं ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । नदीमा आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ । बाढीले विभिन्न बस्तीका घर तथा टहरामा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा रहेको न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ । त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको प्रहरीले जानकारी दिएको छ । तीनवटा पुल बगाउँदा सम्बन्धित क्षेत्रको आवागमन प्रभावित भएको छ ।

बाढीबाट माछीखोला बजारमा क्षति भएको छ । उङगिलुङ खोला किनारका चार गोठ, त्यहाँ बाँधिएका १५ याक बगेका छन् । पशुको हेरचाहमा बसेका चारजना सम्पर्कविहीन छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ । नदीमा जलप्रवाह रोकिएको अवस्थालाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *