July 21, 2026

गणेश नेपालीको शव परिवारले बुझ्न मानेनन्, सरकारसँग वार्ता असफल, आन्दोलन गर्ने

0
gane

नेपाल दर्पण, काठमाडौं ।

गत बिहीबार शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव परिवारले बुझ्न नमानेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । सरकारले गणेशका आफन्तसँग शुक्रबार अनौपचारिक वार्ता गरेको थियो तर कुनै निष्कर्ष निस्किएन । आज थप वार्ता गर्ने तयारी छ ।

नेपालीको परिवार र सरकारका प्रतिनिधिबीच हिजो काठमाडौं जिल्ला प्रशासन कार्यालय र वीर अस्पतालमा वार्ता भएपनि सहमति हुन नसक्दा शवलाई सुरक्षित राख्न त्रिवि शिक्षण अस्पताल महारागञ्ज पठाइएको हो । नेपालीको परिवारले सरकारको ज्यादतीका कारण आत्मदाह गरेको भन्दै शव बुझ्न मानेको छैन । परिवारले शव बुझ्न नमानेपछि गए राती शिक्षण अस्पताल महाराजगञ्ज लगिएको वीर अस्पताले जनाएको छ ।

शुक्रबार दिउँसो उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएका उनको शव परिवारले नबुझ्दासम्म शव फ्रिजमा राखिनेछ । वीर अस्पतालमा मर्चरी चेन (शवलाई सुरक्षित राख्ने फ्रिज) नभएका कारण शव शिक्षण अस्पताल पठाइएको सूचना अधिकारी बुढाथोकीले बताए । आफन्ले सरकारको ज्यादतीका कारण गणेशले आत्मदाह गरेको भन्दै आन्दोलन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *