July 21, 2026

गणेश नेपालीका आफन्त, साथीभाइ र समर्थकहरु सडकमा, फेरि अर्को एकले गरे आत्मदाह

0
gane1

नेपाल दर्पण, काठमाडौं ।

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ । उनको न्यायका लागि आफन्त, साथीभाइ तथा समर्थकहरूले सडकमा उत्रिएर शनिबार विरोध प्रदर्शन गरेका हुन् । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्याय माग गर्दै प्रदर्शन भएको हो ।

प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू लगायतका अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाइरहेका छन् । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपालीको शव आफन्तले बुझेका छैनन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको थियो । यद्यपि सहमति भने जुट्न सकेको छैन ।

यस्तै अर्को एक घटनामा काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ । राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पु¥याइएको थियो । उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि मृत्यु भएको उपचारमा संलग्न डाक्टरले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *