October 11, 2026

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

0
nirmala

नेपाल दर्पण, नयाँ दिल्ली ।

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए ।

वाग्लेले भ्रमणका क्रममा विदेशमन्त्री डा. एस जयशंकरसँग पनि भेट्ने, सीआईआई कार्यक्रममा सहभागी हुने र दिल्ली स्कुल अफ इकोनोमिक्समा सम्बोधन गर्ने कार्यक्रम छ । भेटमा नेपालमा विपद्पछिको पुनर्निर्माणमा सहयोग, दुई देशीय व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ । साथै, दुई देशीय व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी लगायतका विषयमा पनि कुराकानी भएको दूतावासले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *