October 11, 2026

भोटेकोशी बाढीः १४१० जनाको मृत्यु, ६१४५ वेपत्ता, १०,००० घरबारविहीन

0
bhote5

नेपाल दर्पण, काठमाडौं ।

विपद प्राधिकरणका गत भदौ १० गते आएको रसुवा बाढीमा ६ हजा १४५ जना वेपत्ता भएका छन् । वेपत्ताहरूको खोजी जारी रहेको जनाइएको छ । बाडीबाट आजसम्म मृत्य हुनेको संख्या १ हजार ४१० जना पुगेका छन् ।

बाढीले प्रभावित चार जिल्ला रसुवा, नुवाकोट, धादिङ र चितवनका दुई हजार २७ परिवारको घरवास पूर्णरूपमा नष्ट भएको छ । यसबाट करिब १० हजार नागरिक घरबारविहीन भएको सरकारको एक अध्ययनले देखाएको छ । स्थानीय तहदेखि संघीय सरकारका अन्य कुनै निकायले हालसम्म क्षतिको यकिन तथ्यांक संकलन गरिनसकेका बेला सघन सहरी आयोजनाले पहिलोपटक घरवासको क्षति र यससँग सम्बन्धित विवरणसहितको प्रतिवेदन ल्याएको हो ।

सर्वेक्षणका अनुसार नुवाकोटमा मात्रै एकहजार ५५७ घरवासमा क्षति पुगेको छ । जुन बाढी प्रभावित जिल्लाहरूमा सबैभन्दा बढी हो । रसुवामा ३९७, धादिङमा ७२ र चितवन जिल्लामा एक घरमा मात्रै बाढीले पूर्णरूपमा नष्ट गरेको प्रतिवेदनमा उल्लेख छ । सहरी तथा भवन निर्माण विभागअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले नुवाकोट, रसुवा, धादिङ र चितवन जिल्लासम्म ६ दिन लगाएर अस्थायी आश्रय आवश्यकता सर्वेक्षण गर्दा यो तथ्यांक देखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *