October 11, 2026

नेपालका बाढीपीडितलाई सहयोग गर्न विश्वका २९ देश आए अगाडी

0
bhote3

नेपाल दर्पण, काठमाडौं ।

रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि नेपालका बाढीपीडितलाई सहयोग गर्न विश्वका २९ देश अगाडी आएका छन । अहिलेसम्म भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण गणतन्त्र, अस्ट्रेलिया, जर्मनी, लात्भिया, लक्जमबर्ग, मलेसिया, म्यान्मार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक रिपब्लिकले बाढीपीडितलाई विभिन्न सहायता तथा राहत सामाग्री उपलब्ध गराउन अगाडी आएका हुन ।

यसका साथै, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघ र यसका विशिष्टीकृत एजेन्सीहरूलगायत अन्य संस्थाहरूले बाढी पीडितहरूलाई विभिन्न सहायता उपलब्ध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “नेपालले आफ्नो पहुँचमा रहेका सबै स्रोत र साधनहरू परिचालन गरेको छ, तर यस विपद्को आकार र जटिलतालाई हेर्दा निरन्तर अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहयोगको आवश्यकता छ भन्ने कुरा हामी महसुस गर्छौं,” परराष्ट्रले भनेको छ ।

छिमेकी भारतले खोज तथा उद्धारमा टनेल (सुरुङ) विज्ञ, चिकित्सक र फोरेन्सिक विज्ञहरुको ठूलो टिम नेपालमा पठाएको छ । अर्को छिमेकी चीनबाट पनि राहत सामग्री, टनेल विज्ञ र फोरेन्सिक विज्ञहरूको ठूलो टिम नेपाल आएको छ । दक्षिण कोरिया र सिंगापुरबाट पनि खोज तथा उद्धारमा सहयोग पु¥याउन ठूलो टोली नेपाल आएको छ । बाढीमा परी एक हजार ३४१ जनाको मृत्यु भइसकेको छ भने करिब पाँच हजार सम्पर्कविहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *