प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जाने

नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न न्यूयोर्क जाने भएका छन् र असोज ९ गते उनी स्वेदश फर्किने छन । भोटेकोशी बाढीपछि जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यानाकर्षण गराउन प्रधानमन्त्री शाह नै जान लागेका हुन् । यसअघि परराष्ट्रमन्त्री मात्र जाने तय भएको थियो ।
राष्ट्रसंघको महासभामा उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण प्रतिनिधिमण्डल पनि १० जनासम्मको हुने बताइएको छ ।
