June 3, 2026

प्रधानन्यायाधीश सिफारिसको विषय न्यायसंगत छ सडकको मुद्दा नबनाउनुःरवि लामिछाने

0
ravil

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसको विषयलाई सडकको मुद्दा नबनाउन आग्रह गरेका छन् । लामिछानेले प्रधानन्यायाधीश सिफारिसमा उठेका विषयका बारेमा प्रतिक्रिया दिदै यस्तो भनेका हुन । न्यायालयको परम्परा र विधि मिचेर उनले प्रधानन्यायाधीश सिफारिस गरिएको भन्ने तर्कको पनि उनले खण्डन गरे ।

‘संवैधानिक परिषदको निर्णय असंवैधानिक भयो, न्यायालयको परम्परा यस्तो थिएन भन्ने कुरा आइरहेको छ । म उहाँहरूलाई प्रश्न गर्छु — यो निर्णय कसरी असंवैधानिक भयो ?,’ उनले भने । उनले ६ जनाको नाम सिफारिस रास्वपाको उपस्थितिमा नभएको र पहिलेदेखि सर्टलिस्ट भएर बसेका नामबाट क्षमता र योग्यताका आधारमा एक जना चुन्ने काम मात्र संवैधानिक परिषदले गरेको बताए । ‘हाम्रो अगाडि सर्टलिस्टमा रहेका ६ जनाको नाम आइपुग्यो । त्यसमध्ये एउटा छान्नुपर्छ भनेर हामीलाई भनियो । त्यही विधि र संविधान मान्दै हामीले एक जनालाई सिफारिस गर्यौं । यदि यो विधि गलत हो भने संविधान संशोधनको बहस चलिरहेको छ, यही बेला वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने भनी संविधान संशोधन गरौं,’ उनले भने ।

सर्वोच्च अदालतका सबैभन्दा ‘सिनियर’ न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने भन्ने व्यवस्था संविधानमा नरहेको उनले बताए । यो विधि गलत भए संविधान संशोधनका विषयमा बहस गर्न उनले आग्रह गरे । “यदि, त्यही (पुरानो) परम्परामा जाने भए ६ जनाको उपस्थितिमा संवैधानिक परिषद्मा एकजना नियुक्ति सकिँदैनथ्यो । आज कसलाई कतिजनाको भाग लगाउने भनेर भागबन्डामा छलफल चलिरहेको हुन्थ्यो,” उनले भने । रास्वपा सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमको समापनका क्रममा आइतबार (वैशाख २७) उनले संविधानको व्यवस्थाअनुसार नै संवैधानिक परिषद्को बैठकबाट नयाँ प्रधानन्यायाधीश सिफारिस गरिएको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *