सिक्टा सिंचाइ आयोजनाः ४ करोड धरौटी बुझाएर रिहा भएका राप्रपाका नेता / व्यवसायी विक्रम पाण्डे पक्राउ
नेपाल दर्पण, काठमाडौं ।
राप्रपाका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई अहिले भर्खरै पक्राउ गरिएको जनाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । ब्यूरोका प्रमुख मनोज केसीले पाण्डेलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै सोही प्रकरणमा यसअघि प्रहरीले ६ जनालाई पक्राउ गरेको जानकारी दिए।
उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।
