भाजपाको निमन्त्रणामा दिल्ली आइपुगे रवि लामिछाने
नेपाल दर्पण, नयाँ दिल्ली ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन् ।
लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची छ । पाँच दिने भारत भ्रमणका क्रममा भाजपाका शीर्ष नेतासहित उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने बताइएको छ । भ्रमण टोलीमा लामिछानेकी श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री एवं सांसद् विपिन आचार्य, सांसद दीपक बोहोरा र प्रदीप आचार्य छन ।
