संविधान संशोधनका लागि पहल हुदा अत्तालिए प्रचण्ड, दिए सरकारलाई चेतावनी

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी भए प्रतिवाद हुने चेतावनी दिएका छन् । सरकारले संविधान संशोधनका लागि पहल अघि बढाइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् । शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने,’’संवैधानिक आधारमै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ ।

‘प्रचण्ड’ले सरकारले राम्रो काम गर्दा आफूहरु सकारात्मक ढंगले सघाउनका लागि तयार रहेको बताएका छन् । राम्रो काममा सघाउन र संविधान, राष्ट्रियतामा आँच आउने र जनताले पाएको अधिकार कटौती हुने अवस्था आएको खण्डमा प्रतिवाद गर्न पनि आफूहरु तयार रहेको बताएका हुन् । ‘अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । राम्रो काम गर्दा हामी त्यसलाई सकारात्मक ढंगले हेर्छौं । तर, संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो वा जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाल्यो भने हामी त्यसको प्रतिवाद गर्छौं’ प्रचण्डले भने ।

अहिले विद्यार्थीहरुको संगठन र कर्मचारीहरुको ट्रेड युनियन अधिकारमाथि सरकारले प्रश्न उठाउने काम गरिरहेको र आफूहरुले शर्तक हुनका लागि भनिराखेको पनि प्रचण्डले बताए । जनताले ठूलो त्याग र बलिदानीपछि प्राप्त गरेको जनवर्गको अधिकारमाथि कुनै किसिमको छेडखानी नगर्न उनले सरकारलाई आग्रह गरे । उनले अहिलेको सरकारले संविधान संशोधनको कुरा पनि चलाइरहेको उल्लेख गर्दै उनले आफूहरु संविधान संशोधनको विरोधी नरहेको बताए । संविधान संशोधन जनताले पाएको अधिकार थप्नका लागि हुनुपर्ने उनले बताए । ‘संविधान संशोधन जनताले पाएको अधिकार थप्नका लागि हुनुपर्यो, खोस्नका लागि होइन । संघीयतालाई अझ बलियो बनाउनका लागि हुनुपर्यो, कमजोर बनाउनका लागि होइन । त्यो हुँदा हाम्रो सकारात्मक भूमिका र सहयोग नै हुन्छ,’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *