मध्यरातमा प्रहरी हेडक्वार्टर पुगे गृहमन्त्री, कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सक्रिय

नेपाल दर्पण, काठमाडौं ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग फेरि छलफलमा जुटेका छन् । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार, गृहमन्त्री गुरुङ केहीबेर अघि प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए । उनी अहिले प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्रका एआईजी गणेश ठाडा मगर उपत्यका प्रहरीका एआईजी ईश्वर कार्कीसहितको छलफलमा छन् ।

गृहमन्त्री गुरुङले आजै साँझ नेपाल प्रहरी र सशस्त्रका आईजीपीसँग छलफल गरेर छुट्टिएका थिए । अहिले पुनः उनी छलफलका लागि नक्साल पुगेका हुन् । यसैबीच आजैमात्रै सरकारले पहिलो निर्णयमा नै जेनजी आन्दोलनको दमनबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि गृहमन्त्री गुरुङ भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको लागि आजैबाट सक्रिय भएका छन् । मन्त्री गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका चिफसँग आज गम्भीर छलफल गरिसकेका छन् ।

अहिले उनी मध्यरातमा प्रहरी हेडक्वार्टर नक्शाल पुगेका छन् । गृहमन्त्री गुरुङसँगको छलफलमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्रका एआईजी गणेश ठाडा मगर र काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीलगायत उच्च अधिकारीहरुसँग छलफलमा बसेका हुन् । जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकलगायतलाई अनुसन्धानमा ल्याई कारबाही गर्न भनेको छ । उता, एमालेका २३ वटा जनवर्गीय संगठन प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *