बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ

नेपाल दर्पण, काठमाडौं ।

बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री पदमा बालेन शाहलाई १२ः३४ बजेको शुभ साइतमा शपथ ग्रहण गराएका हुन् । समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन, बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो । रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई शुक्रबार बिहान संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । गत फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले १८२ सिट जित पारेको थियो।

कलाकारबाट देशको सर्वोच्च कार्यकारी प्रमुख पद प्रधानमन्त्री बन्ने बालेन्द्र (बालेन) शाह पहिलो व्यक्ति बनेका छन् । साहित्यकारहरू प्रधानमन्त्री बने पनि कलाकारिताको पृष्ठभूमिबाट आएका व्यक्ति भने प्रधानमन्त्री बनेको यो पहिलोपटक हो । बीपी कोइराला, लोकेन्द्रबहादुर चन्द साहित्यकार थिए । तर, सांगीतिक क्षेत्रबाट प्रधानमन्त्री हुने बालेन पहिलो व्यक्ति बनेका छन् । बोलन ¥यापर हुन् । ¥यापरका रूपमा परिचित बालेनले दुई दर्जनभन्दा बढी ¥याप गाएका छन् । इन्जिनियरिङ पृष्ठभूमि भए पनि बालेनले आफूलाई ¥यापरका रूपमा स्थापित गरेका थिए । बालेन करिब डेढ दशकअगाडि प्रसारणमा आएको ¥याप ब्याटलबाट उनी युवा पुस्तामाझ परिचित भएका थिए ।

¥याप ब्याटलमा बालेनलाई यमबुद्धले ‘भर्सटाइल’ व्यक्ति भनेर परिचय गराएका थिए । प्रतिस्पर्धामा बोलेनले प्रतिस्पर्धीलाई भन्छन– दुईचार दिन पर्खी कान्छा, तेरो बालाई पनि मसँग फोटो खिच्न मन लाग्छ । काठमाडौंको नरदेवीमा जन्मिएका बालेनले काठमाडौंमा प्रारम्भिक शिक्षा र हिमालयन ह्वाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङ पूरा गरेका थिए । भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

एकेडेमिक शिक्षा इन्जिनियरिङ भए पनि संगीतमा झुकाव रहेका बोलनले आफूलाई ¥यापमा केन्द्रित गरे । तर, ¥याप प्रायः युवा पुस्तामा मात्रै लोकप्रिय रहेकाले आमजनतामा उनी परिचित थिएनन् । राजनीतिप्रति झुकाव रहेकाले बालेनका ¥यापमा राजनीतिक व्यंग्य र कुशासन बढी भेटिन्थ्यो । राजनीतिक बेथिति र कुशासनविरुद्ध ¥यापमार्फत निरन्तर प्रहार गरिरहेका बालेन त्यतिबेला एकाएक चर्चाको शिखरमा पुगे जब, उनले ०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिए ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका बालेनलाई मतदाताले विश्वास गरे । लौरो चुनाव चिह्न लिएका उनी ६१ हजार ७६७ मत प्राप्त गरेर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत पाएकी थिइन् । काठमाडौं महानगरपालिकाको मेयर भएपछि पनि बालेनले ¥यापलाई निरन्तरता नै दिए । बालेनले चलचित्र ‘लाज शरणम्’का लागि ‘नेपाल हाँसेको’ र ‘झरिपछिको इन्द्रेणी’को लागि ‘आमनेपाली बुबा’ सार्वजनिक गरे । उनका यी गीतमा परिवर्तनको बिगुल फुकिएको थियो । प्रधानमन्त्री हुनुभन्दा एक दिनअगाडि (बिहीबार) बालेनले ‘जय महाकाली’ बोलको गीत रिलिज गरेका थिए । उनले राजनीतिमा प्रवेश गरेपछि पनि यी गीत आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *