दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

नेपाल दर्पण, काठमाडौं ।
यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको छ र टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ ।
सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे रहेको छ । स्थिरासनको शुभसाइत दिवा ११ः५२ बजे तथा खड्गयात्रा पनि सोही दिन हुनेछ । कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ । विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत छ ।
असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ । झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ । असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ । असोज ३१ गते शनिबार फूलपाती परेको छ । सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको छ । कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ ।
