सर्वोच्चमा चार न्यायाधीश सिफारिस

नेपाल दर्पण, काठमाडौं ।
न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ । परिषद्का एक सदस्यका अनुसार, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीशहरू सिफारिस भएका हुन् ।
सिफारिस हुनेमा चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन् । योसँगै सर्वोच्च अदालतका रिक्त न्यायाधीश पदपूर्तिका लागि न्यायपरिषद्बाट चारजनाको नाम सिफारिस भएको छ ।
