जुम्लाको स्याउ बाँडेर रास्वपाको बैठक शुरु, उचित मूल्य तोक्न ज्ञानेन्द्रको आग्रह

नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर बैठकको सुरुवात गरिएको छ । बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनका विषयमा छलफल हुँदैछ । विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनको एजेन्डा पनि बैठकमा रहेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
यता राप्रपा नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पार्टीको केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरेको भन्दै धन्यवाद दिएका छन् । उनले लामिछानेलाई जुम्लाको स्याउ बाँडेर प्रचार गरिदिएकोमा धन्यवाद भन्दै सरकार र कृषि मन्त्रालय रास्वपाकै छ । जुम्लाको स्याउको मूल्य तोकिदिनुहोला,’’ भनेका छन । मूल्य तोकेको खण्डमा जुम्लाका किसानले सरकारको उक्त कदम सधैँ स्मरणमा राख्ने उनले बताए । स्वदेशी स्याउले उचित बजार र मूल्य पाउने वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
