October 11, 2026

कांग्रेस महाधिवेशनमा रविको हुंकारः सरकार जनताले बाहेक अरुले ढलाउन सक्दैनन्

0
gaganravi

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रेसको १५ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दैे रास्वपा सभापति रवि लामिछाने सरकार ५ वर्षसम्म नढल्ने बताएका छन् । उनले सरकार ढल्ने हल्ला नचलाउन सबैलाई उनले आग्रह गरे । ‘यो सरकार पाँच वर्षसम्म ढल्दैन । सरकार ढल्छ भनेर हल्ला चलाउनेहरू बरु बेहोस भएर ढल्लान् तर सरकार ढल्दैन,’ उनले भने ।

आन्दोलनबाट सरकार नढल्ने उनले बताए । ’’मैले सुनेको छु चाडपर्वपछि आन्दोलन हुँदैछ । सरकार ढाल्ने आन्दोलन भनिएको छ । आन्दोलनबाट सरकार ढल्नेछैन । सरकार ढाल्ने तागत जनतासँग मात्रै छ । हामीले काम गर्न सकेनौं भने जनताले हाम्रो सरकार ढालिदिनेछन्,’’ उनले भने । लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि रास्वपा सबैसँग सहकार्य गर्न तयार रहेको उनले बताए । रास्वपाले पाएको जनमतको अवमूल्यन र सरकारप्रति शंका व्यक्त नगर्न उनले आग्रह गरे ।

यस्तै लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टीभित्र कचकच गरिरहने र फकाउँदा फकाउँदा शक्ति नै नष्ट गरिदिनेलाई छोडिदिए पनि राम्रो हुने सुझाएका छन् । ‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ,’ लामिछानेले भने । उनले यसलाई आफूले लगाएको दोस्रो ‘गुन’ को रुपमा बुझ्न आग्रह गरे । रविले गगन थापालाई पहिलो के गुन लगाएको हो त्यो खुलाएनन् । साथै फकाउँदा नमान्नेलाई छोडिदिए हुन्छ भनेर कसलाई भन्न खोजेका हुन् तिनको नाम लिएनन् ।

उक्त महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश बनाउनका लागि लामिछानेलाई पनि क्रमभंग गर्न सुझाव दिएका थिए तर रविले उनलाई सरकार नढल्ने भनेर करारा जवाफ दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *