August 2, 2026

विश्व कीर्तिमानधारी निर्मल पुर्जाहरूको निधन भएको पुष्टि, प्रधानमन्त्रीद्धारा श्रद्धाञ्जली व्यक्त

0
balenp

नेपाल दर्पण, काठमाडौं ।

विश्वको १२ औं अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृखलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधन भएको पुष्टि भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको पुष्टि गरेकोे हो ।

पाकिस्तानको ‘ब्रेड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रवार नै फेला परेको थियो । पाकिस्तानको कराकोरम हिमशखलामा गत बिहीवार हिमपहिरोमा उनीहरु परेका थिए । पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल छ महिनाभन्दा केही बढी अवधिमा सफल आयोहण गरी कीर्तिमानी कायम गरेका थिए।

उक्त घटनाको जानकारी पाएलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले निर्मल पुर्जासहितका नेपाली आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार फेसबुकमार्फत प्रधानमन्त्री बालेनले मृत्युले आरोहीको भौतिक यात्रा मात्रै रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने बताएका छन् । “निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,” उनले भनेका छन् । प्रधानमन्त्रीले सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *