August 2, 2026

विभिन्न जिल्लामा निकालियो सद्भाव जुलुस: कतै शान्तिपूर्ण त कतै विरोध

0
rally

नेपाल दर्पण, काठमाडौं ।

केही दिन यता तराइ जिल्लामा भएको घटनापछि विभिन्न जिल्लाहरुमा सद्भाव ¥याली निकालिएको छ । उक्त ¥यालीमा सहभागी युवाहरूले शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन अनिवार्य रहेको भन्दै प्रशासनलाई गम्भीर हुन आग्रह गरेका छन् । ¥यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा, सञ्चारकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागि भएका छन ।

यस्तै सुनसरी र सिरहामा भएका घटनाका दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । जनकपुरधाममा आयोजित सद्भाव ¥याली समापन भए लगत्तै युवाहरूको एक समूहले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो । नगरमा आयोजित सद्भाव ¥याली विसर्जन भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन शुरु गरेका थिए । उनीहरूले सुनसरी र सिरहामा भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरूले समाजमा शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले पीडितलाई उचित न्याय सुनिश्चित गर्न र अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् । जनकपुरधाममा आयोजना गरिएको सद्भाव ¥यालीमा असन्तुष्ट पक्षले नाराबाजी गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा सद्भाव ¥याली निकालिएको थियो । उक्त ¥याली जनक चोकमा पुगेर सम्पन्न गर्न लाग्दा एक समूह आएर नाराबाजी गर्दै प्रर्दशन गरेको हो ।

बिहीबार प्रर्दशनको क्रममा हिंसा भड्किन सक्ने भन्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । जनकपुरधाममा प्रर्दशनमा परेर एक बालक घाइते भएका थिए । भनुषामा भएको सद्भाव ¥यालीमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य मनिष झा, रास्वपाका अर्का सांसद रामविनोद यादव (धनुषा २) र नगर प्रमुख मनोज साहसहित जनप्रतिनिधिको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *