August 2, 2026

राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने सुनसरी घटनाको निष्पक्ष र पारदर्शी छानविन हुन्छ

0
balens

नेपाल दर्पण, काठमाडौं ।

चर्को जनदबाव र संसद्मा समेत खोजी भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन । तराई क्षेत्रमा विकसित घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन ।

राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनेका छन, “प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो । आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ । प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन् । शान्ति–सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ ।

साथै, उनले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको र घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने बताएका छन् । ‘म विश्वास दिलान चाहन्छु, यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ प्रधानमन्त्री बालेनले भने, ‘घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *