August 2, 2026

गृहमन्त्री मृतक गणेश यादवको घरमा आउने सुइको पाएपछि स्थानियको विरोध

0
sug

नेपाल दर्पण, काठमाडौं ।

स्थानीयले आन्दोलनका क्रममा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङ गुरुङको विरोध भएको छ । गृहमन्त्री गुरुङ मृतक गणेश यादवको घरमा आउने सुइको पाएपछि स्थानिय विरोधमा उत्रिएका हुन । गोली लागेर आफ्ना भाइछोराको मृत्यु भएपछि स्थानीय निकै आक्रोशित छन् ।

गृहमन्त्रीको आगमनअघि अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका जिल्लास्थित अधिकारीहरू मृतकको घर पुगेका छन् । सम्भावित परिस्थितिलाई नियन्त्रणमा राख्न उनीहरु गृहमन्त्रीभन्दा अघि नै फिल्डमा पुगेका हुन् । गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिराहाका सवारीसाधन स्थानीयले मृतकको घरअगाडि घेराउ गरेका छन् । सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा बिहीवार औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *