प्रधानमन्त्री बालेन साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

नेपाल दर्पण, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘नेपाली हिटलर’ भएको टिप्पणी गरेका छन । ठाकुरले साह नेतृत्वको सरकारलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै उक्त टिप्पणी गरेका हुन् । ठाकुरले सरकारले जनतालाई दिएका कुनै पनि आश्वासन पूरा नगरेको दाबी गरे ।
‘बालेन सरकारले दिएका आश्वासन पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटना बढेको उनले बताएका छन् । दलका नेताहरू असुरक्षित महसुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् । यो सरकारले ट्रेड युनियन र विद्यार्थी संगठनलाई खारेज गरेको छ । अर्गनाइजेशनलाई आक्रमण गरेर उनलाई खत्तम गरेर अब के गर्न खोजेको हो ? नेपाली डिक्टेटर, बालेन नेपाली हिटलर भइसकेको छ, उनले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यहि मात्र सहि हो, उनले भने ।
सरकारको पछिल्लो कदमले लोकतान्त्रिक संस्थाहरूमाथि प्रहार भइरहेको तर्क गर्दै ठाकुरले “यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा बोल्दै ठाकुरले निजी विद्यालय (बोर्डिङ स्कुल) र नर्सिङ होममाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी र शिक्षकको भविष्यमा असर पर्ने बताए ।
