July 21, 2026

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्स–स्पेन र अर्जेन्टिना–इङ्ल्यान्ड पुगे

0
fifa

नेपाल दर्पण, मुम्बई ।

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्स–स्पेन र अर्जेन्टिना–इङ्ल्यान्ड पुगेका छन । अन्तिम क्वाटर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्यान्डलाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएपछि शीर्ष ४ को टुङ्गो लागेको हो ।

पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता फ्रान्स र स्पेनले खेल्नेछन् । यो सेमिफाइनल खेल बुधबार हुनेछ । यो खेल नेपाली समयअनुसार बुधबार १२ः४५ मा सुरु हुनेछ । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जितेको थियो । त्यस्तै स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जितेको हो ।

दोस्रो सेमीफाइनलमा साविक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डको सामना गर्नेछ । यो खेल बिहीबार नेपाली समयअनुसार १२ः४५ मा सुरु हुनेछ । अर्जेन्टिनाले हालसम्म तीन पटक विश्वकप जितेको छ । सन् १९७८ सन् १९८६ र सन् २०२२ मा अर्जेन्टिनाले फिफा विश्वकपको उपाधि जितेको थियो । त्यस्तै, इङ्ल्यान्डले पनि सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । फिफा विश्वकप २०२६ को सेमिफाइनल पुगेका चार टोलीले कम्तीमा एकपटक विश्वकप जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *