रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित

नेपाल दर्पण, काठमाडौं ।
रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्विरोध घोषणा गरेको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।
सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सभापति पदमा लामिछानेको एकल उम्मेदवारी गरेको जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ । आज अबेर रातिसम्म मनोनयन दर्ता हुने र भोलि विहान निर्वाचन हुने कार्यतालिका रहेको आयोग प्रमुख केसीले बताए । प्रथम महाधिवेशनमा निर्विरोध निर्वाचित भएका रविलाई नेपाल दर्पणको तर्फबाट पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
