July 22, 2026

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

0
presi

नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ को प्रमाणीकरण गरेका छन । राष्ट्रपति पौडेलले संघीय संसद प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रतिनिधिसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरिएको हो । उक्त विधेयक बिहीबार (असार ११) प्रमाणीकरण गरिएको शाक्यले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *