June 3, 2026

प्रधानमन्त्रीले टेरेनन सभामुखलाई, संसदमा भएनन् उपस्थित

0
dpbalen

नेपाल दर्पण, काठमाडौं ।

प्रतिनिधिसभामा प्रश्नोत्तरका लागि उपस्थित हुन सभामुख डोलप्रसाद अर्यालले गरेको आग्रहलाई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले लत्याएका छन । प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता कुनै एक दिन एक घन्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहने व्यवस्था भएकाले उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुख अर्यालले भेटेर आग्रह गर्दा पनि प्रधानमन्त्रीले नटेरेका हुन ।

विपक्षीको दबावपछि संसद बैठक १५ मिनेट स्थगित गरेर सभामुख अर्याल प्रधानमन्त्री कार्यालय पुगेका थिए । भेटमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीमा भएको बाध्यात्मक व्यवस्था देखाउँदै प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित हुन आग्रह गरे । तर उनले कुनै दिन समय मिलाउँला भन्दै ठोस मिति नदिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीलाई भेटेर पर्किएपछि सभामुख डोलप्रसाद अर्यालले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह उपयुक्त समयमा संसद्मा उपस्थित हुने जानकारी गराएका छन् । “सभामुखले प्रधानमन्त्रीज्यू उपयुक्त समयमा उपस्थित हुने जानकारी गराउनुभएको छ । तर, समाधान अझै भएन, त्यो उपयुक्त समय कहिले ?,” विपक्षी दलका सांसदले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *