June 3, 2026

रास्वापाको हविगत माओवादीको जस्तो नहोस हामीबाट सिक्नुस्ःप्रचण्ड

0
pra

नेपाल दर्पण, काठमाडौं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीबाट वर्तमान सरकारले धेरै कुरा सिक्नुपर्ने बताएका छन । उनले २०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले आफूहरूले एकल सरकार बनाउने अवसर पाउँदा पनि सदुपयोग गर्न नसकेको सम्झना गरेका हुन् ।

‘०६४ सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ । हारभन्दा जित सहन गाह्रो हुन्छ,’ रास्वपालाई उनले भने, ‘करिब तपाईँहरूकै साइजमा थियौँ केही समय पहिले । आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन ।’ उनले इतिहासले संख्या स्थायी हुँदैन भनेको बुझ्न आग्रह गर्दै प्रतिशोध नसाँध्न आग्रह गरे । ‘जनताको समर्थन पनि सशर्त हुन्छ उनले भनेजस्तो भएन भने भोलिपल्टै…’, उनले भने, ‘हामीबाट सिक्नुस् । यहाँ निषेध अपमान र प्रतिशोध होइन ।’

प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले भने, “सरकार गठन भएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको थियो । तर नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न सकेको देखिँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *