सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त
नेपाल दर्पण, काठमाडौं ।
सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । हालका आईजीपी राजु अर्यालयले वैशाख १८ देखि आईजीपीको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन् । अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका थिए ।
आईजीपीका लागि एआईजीद्धय बंशी दाहाल र गणेश थापा मगर पनि प्रतिस्पर्धामा थिए । तर, सरकारले बरियताको एक नम्बरमा रहेका पौडेललाई आईजीपी नियुक्त गरेको हो । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् । पौडेल १८ चैत २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए ।
