June 3, 2026

दुई महिनाको रस्साकस्सीपछि कांग्रेस संसदीय दलको नेता बने भीष्मराज आङ्देम्बे

0
bhisma

नेपाल दर्पण, काठमाडौं ।

दुई महिना लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई निर्वाचित गरेको छ । आज बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।

सोमबारै यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट दलको नेता आङ्देम्बेलाई बनाउने विषयमा सहमति जुटाइएको थियो । त्यसअघि, उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलले तीन दिन लगाएर सर्वसम्मतको कसरत गरेको थियो । कांग्रेसको संसदीय दलको नेतामा दुई महिना लामो रस्साकस्सी चलेको थियो । यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दैआएका थिए । सोही कारण सहमति जुट्न सकस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *