June 3, 2026

चीनका राजदूत झाङ माओमिङको सोविता गौतम र विराजभक्त श्रेष्ठसँग शिष्टाचार भेटवार्ता

0
sobita

नेपाल दर्पण, काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । यस्तै माओमिङले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री विराजभक्त श्रेष्ठसँगपनि भेट गरेका छन् । दुबै मन्त्रीसँग भएको छुट्टाछुटै भेटमा मन्त्रीहरुले चीनसँगको परम्परागत सम्बन्ध प्रगाढ पार्दै पारस्परिक आर्थिक सहयोगलाई विस्तार गर्न नेपाल सरकार तयार रहेको धारणा राखेको बताइन्छ ।

भेटका क्रममा राजदूत माओमिङले नवनियुक्त मन्त्री गौतमलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । मन्त्री गौतमले नेपाल सरकारले सुशासन, तीव्र सामाजिक तथा आर्थिक विकास, डिजिटल रूपान्तरण र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराएकी थिइन् । साथै नेपाल–चीनबीचको ऐतिहासिक मित्रता र साझेदारीलाई अझ सुदृढ बनाउँदै लगानी, पर्यटन तथा कानून र न्याय क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको थियो ।

भेटमा न्यायमा सहज पहुँच सुनिश्चित गर्न डिजिटल रूपान्तरण, ज्ञान आदानप्रदान तथा विधिको शासन सुदृढ गर्ने विषयमा दुवै पक्षबीच सहकार्य बढाउने समझदारी बनेको मन्त्रालयले जनाएको छ। दुई देशबीचको आपसी सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा उक्त भेट फलदायी रहेको बताइएको छ । ऊर्जामन्त्री श्रेष्ठसँगको भेटमा विशेषगरी हाल देखिएको क्षेत्रीय ऊर्जा चुनौतीको समाधानबारे विस्तृत रुपमा कुराकानी भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *