एमाले अनुशासनहीन पार्टी बन्यो, राजिनामा दिन्नः ओली

नेपाल दर्पण, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजिनामा नदिने बताएका छन । उनले पार्टीभित्र बहस चलाउन छाडेर मिडियामा गएर राजीनामा मागिएको भन्दै असन्तुष्टि व्यक्त गर्दैे एमालेमा अनुशासनहीनहरूको संख्या बढेको बताएका छन । यसअघि राजीनामाको विषय उठाइएको भए पनि तत्कालका लागि टरेको उनीनिटक नेताहरूले बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समीक्षा र विश्लेषण गरेर मात्र नपुग्ने उल्लेख छ । उनले पार्टी संकटमा परेका वेला झन् एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले ०८२ भदौ २३ र २४ गतेपछि विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आफूहरूले सर्वोच्च अदालतमा दिएको मुद्दा अझै विचाराधीन रहेको पनि उल्लेख गरेका छन् । यस्तै ओलीले “स्थानीय तहको निर्वाचनसहित आगामी सबै निर्वाचनका लागि पार्टी अहिलेबाटै योजनाबद्ध तयारीमा लाग्नुपर्ने बताएका छन ।
ओलीले पार्टीभित्र आफ्नो आलोचना स्वीकार गर्न तयार रहेको बताएका छन्। तर चरित्र हत्या आफूले कुनै हालतमा नसहने बताए। ओलीले भने, ‘आलोचना र चरित्रहत्या एउटै कुरा होइनन्। विरोधी संचालित चरित्रहत्यामा जानी वा नजानी स्वरमा स्वर मिलाएर पार्टीभित्र ल्याउनु हुँदैन। राष्ट्रिय स्वाधीनताका पक्षमा लिएको अडानलाई अहंकार भन्नु, स्पष्ट भाषालाई तानाशाही भन्नु, संविधानको रक्षा गर्ने आग्रहलाई पदलोलुपता भन्नु र आत्मविश्वासलाई घमण्ड भन्नु आलोचना होइन।’उनले पार्टीभित्रको आलोचना पार्टी बलियो बनाउने उद्देश्यले हुनुपर्ने पनि बताए।
