October 11, 2026

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेगरि सरकार अघि बढेको छःप्रधानमन्त्री

0
sambii

नेपाल दर्पण, काठमाडौं ।
नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । २०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हकसहितको ‘नेपालको संविधान’ जारी भएको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने शक्ति बलियो रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने अभियानलाई सरकारले निरन्तर अघि बढाइरहेको बताए । “यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरुपमा प्रतिबद्ध छ,” उनले भने ।

प्रधानमन्त्री बालेनले विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै सरकारले प्रशासनिक संरचनालाई उपयुक्त आकारमा ल्याउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताए । सम्बोधनका क्रममा उनले विद्यमान संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *