September 4, 2026

देउवा स्वदेश फर्किदा ठूलो संख्यामा नेता–कार्यकर्ता विमानस्थलमा उतार्ने तयारी

0
deubar

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि नेपाल फर्कन लागेकाले उनको स्वागतका लागि ठूलो संख्यामा नेता–कार्यकर्ता विमानस्थलमा उतार्ने तयारी भएको छ । यसका लागि देउवाको स्वदेश फर्कने तालिका संशोधन गरिएको छ । यसअघि २६ साउन राति ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुग्ने तय भएकामा अब उनी २८ साउन दिउँसो नेपाल आउने भएका छन् ।

स्वास्थ्य उपचारका लागि देउवा गत १३ फागुनमा सिंगापुर गएका थिए । उनी त्यसबेला प्रतिनिधिसभा निर्वाचनमा मतदानसमेत नगरी उपचारका लागि सिंगापुर गएका थिए । करिब पाँच महिनापछि उनी स्वदेश फर्कन लागेका हुन् । फर्कदा विमानस्थलमा देउवालाई स्वागत गर्न ठूलो संख्यामा नेता–कार्यकर्ता उपस्थित गराउने तयारी रहेकाले रातिको समयलाई यताबाट संशोधन गर्न आग्रह गरिएको थियो । त्यसैअनुसार उनको टिकट सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *