September 4, 2026

विभिन्न देशहरुले सहयोगको हाथ बढाउदै, उद्धारमा रोक लगाएको भन्दै एमाले रुष्ट

0
bhote

नेपाल दर्पण, काठमाडौं ।

नेपालमा सरकारी संयन्त्र, सुरक्षा निकाय र स्थानीय समुदाय खोजी, उद्धार तथा राहत अभियानमा निरन्तर जुटिरहेका बेला अमेरिका, चीन, भारत लगायत विभिन्न देशहरुले सहयोगको हाथ बढाइरहेको बेला नेकपा एमालेले भने सरकारलाई कोस्नेबाहेक केहि गरेको छैन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रुपमा गर्न नसकेको आरोप लगाएका छन् ।

उनले विपद्पछि केन्द्रीय सरकारलाई खोज्नुपर्ने अवस्था रहेको टिप्पणी समेत गरेका छन । उनले निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि समेत जनाएका छन । ओलीले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म प्राप्त विवरण अनुसार ५४४ वटा मालबाहक तथा सार्वजनिक सवारीसाधन क्षतिग्रस्त भएका छन् । बाढीका कारण ५०१ जना मजदुर सम्पर्कविहीन भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अनुसार बाढीबाट कुल ५६३ जना श्रमिक प्रत्यक्ष प्रभावित भएका छन् । हालसम्म १७ जना मजदुर मात्र सम्पर्कमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *