पर्वतारोही पुरबहादुर युक्त गुरुङको पार्थिव शरीर ल्याइयो

नेपाल दर्पण, काठमाडौं ।
पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर युक्त गुरुङको पार्थिव शरीर नेपाली ल्याइएको छ । ब्रड पिक दुर्घटनापछि सबैभन्दा पहिले फेला परेको शव पनि गुरुङकै थियो ।
पाकिस्तानको ब्रड पिकमा हालै गएको हिमपहिरोमा परी उनको निधन भएको थियो । ब्रड पिकमा गएको हिमपहिरोमा परी विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जनाको निधन भएको थियो । युक्त नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका उपाध्यक्ष तथा मनाङ विद्यालय विकास समितिका सदस्य थिए ।
