महामन्त्रीका लागि कबिन्द्र, जगदिश र शिशिर खनालले फिर्ता लिए उम्मेदवारी

नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्रीका तीन उमेदवारले उमेदवारी फिर्ता लिएका छन् । महामन्त्रीमा १० जनाको उमेदवारी परेको थियो । जसमध्ये कबिन्द्र बुर्लाकोटी र जगदिश खरेल र अन्तिममा शुक्रबार सामाजिक सञ्जाल मार्फत शिशिर खनालले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री शिशिर खनाल महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हटेपछि अब मैदानमा रास्वपाको महामन्त्री पदका लागि मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच अन्तिम भिडन्त हुने तय भएको छ ।
एक जना मात्र निर्वाचित हुने महामन्त्री पदका लागि सुरुमा १० नेताहरूले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये जगदीश खरेल, शिशिर खनाल र कविन्द्र बुर्लाकोटीले सुरुमा आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ७ जना प्रत्यासीहरू चुनावी मैदानमा थिए । रास्वपाको निर्वाचन आयोगले ७ जनाको सूची सार्वजनिक गरेपछि अन्तिम समयमा थप ३ जना प्रत्यासीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पछिल्लोपटक उम्मेदवारी फिर्ता लिनेहरूमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुली रहेका छन् ।
