July 22, 2026

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

0
mantrim

नेपाल दर्पण, काठमाडौँ ।

सरकारले नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले संघीय संसद समक्ष ४ वटा प्रतिस्थापन विधेयक पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । जसमा सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरीद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।

यसैगरी नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपालप्रसाद भट्ट, कैलालीलाई नियुक्त गर्ने, सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *