June 15, 2026

कांग्रेसलाई इतिहासकै कमजोर पार्टी बनाउने खलनायक गगन थापा हुनःबस्नेत

0
mbbasnet

नेपाल दर्पण, विराटनगर ।

विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहको प्रदेशिक भेला सुरु भएको छ । भेलामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नेताहरू डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, मोहन बस्नेत, एनपी साउद, बलबहादुर केसीलगायत सहभागी छन् । संस्थापनइतर समुहको वृहत युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पु¥याएको आरोप लगाए ।

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको बताएका छन् । ‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन् । अब उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?’ उनले भने । बीपी पुत्रहरू शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्रनिधि जस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको उनले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *