नेपाल सन्तुलित कूटनीतिमा प्रतिबद्ध रहेको आश्वस्त पार्न परराष्ट्रमन्त्री चीन जाने
नेपाल दर्पण, काठमाडौं ।
वर्तमान सरकार पश्चिमा मुलुकहरूतर्फ बढी ढल्किएको भन्ने बेइजिङको बढ्दो आशंका दूर गर्न परराष्ट्रमन्त्री शिशिर खनालचीन भ्रमणमा जाने भएका छन् । तीन दिने भारत भ्रमण सकेको एक हप्तापछि परराष्ट्रमन्त्री चीन जाने भएका हुन ।
चिनिया समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खनाल १४ जुनमा चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने भएका हुन् । खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसंग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ । भ्रमणका क्रममा मन्त्रीले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनियँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूलाई समेत भेट्नेछन् । ‘परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणको उद्देश्य त्यो भ्रमणलाई चिर्नु र नेपाल सन्तुलित कूटनीतिमा प्रतिबद्ध रहेको कुरामा चिनिया नेतृत्वलाई आश्वस्त पार्नु हो ।
दिल्लीमा रहदा मन्त्री खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गरी सीमा, व्यापार, वाणिज्य, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा र रासायनिक मलको आपूर्ति लगायतका बृहत् द्विपक्षीय विषयहरूमा छलफल गरेका थिए ।
