मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा राष्ट्रपति पौडेलले जिम्मेवारी हेरफेर गरेका हुन् । जसअनुसार, प्रधानमन्त्री बालेनले रक्षा, गृह, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो । सोही आधारमा मन्त्रिहरूको जिम्मेवारी तोकिएको हो ।
डा. स्वर्णिम वाग्लेले अर्थ, शिशिर खनालले परराष्ट्र र विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । हिजो मात्रै मन्त्रालय घटाएर २२ बाट १८ मा झारेका प्रधानमन्त्री शाहले त्यसका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको सूचना प्रविधिलाई पनि आफैँसँग गाभेर शक्तिशाली बनाएका छन् ।
