June 3, 2026

छिटो काम गर्न थप ३ अध्यादेश ल्याउनुपर्योःरवि, नागरिकलाई हेपियोःगगन थापा

0
raviii

नेपाल दर्पण, काठमाडौं ।

सरकारले थप तीन अध्यादेश राष्ट्रपतिसमक्ष पेस निर्णय गरेको छ । यसअघि संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश र सहकारी ऐन सम्बन्धी अध्यादेश जारी गरेको सरकारले पुनः तीन अध्यादेश सिफारिस गरेको हो । केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेशमा १२ वटा ऐनलाई संशोधन गर्नेगरी सिफारिस भएको स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले संवैधानिक आयोगको रिक्तता धेरै समय कुर्न नसकिने बताएका छन् । सरकारले अध्यादेश सिफारिस गरेपछि बुधबार बसेको संसदीय दलको बैठकमा उनले जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक रहेको बताए । “कैयौँ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन व्यावहारिक कठिनाइ हुँदै छ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्यछन्,” लामिछानेले भनेका छन्, “धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन । जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ ।”सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि सिफारिस गरेको छ ।

यता, नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले अध्यादेशमार्फत् शासन गर्न खोजेर संसद् र नागरिकलाई हेपेको बताएका छन् । सर्लाही पुगेका थापाले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले अहिले संसद् अधिवेशन बोलाएर पनि स्थगित गर्नुको कारण पुष्टि भएको बताउँदै उनले भने, “यो संसद् र नागरिकलाई हेपेको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *