संविधान संशोधनका लागि विज्ञ तथा सरोकारवालाहरूसँग सुझाव सङ्कलन गर्ने निर्णय
नेपाल दर्पण, काठमाडौं ।
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ को दोस्रो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि झन्डै दुई घण्टासम्म बसेको थियो ।
बैठकमा कार्यदलका सदस्यसचिव एवं कानुन सचिव पुष्पकर सापकोटाले कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकले कार्यदलका सबै सदस्यहरूको सुझावसमेत समेटेर उक्त कार्ययोजनालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको छ । स्वीकृत कार्ययोजनाअनुसार, आगामी सोमबारदेखि हरेक दिन दिउँसो ३ बजे विज्ञ तथा सरोकारवालाहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आमन्त्रण गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
कार्यदल संयोजक शाहले कार्यादलले पूर्वनिर्धारित समयमै आफ्नो जिम्मेवारी सम्पन्न गरेर सरकारलाई बहसपत्र पेस गर्ने बताए । कार्यदलका सदस्यहरूले पनि साथ दिइरहेका र आगामी दिनमा पनि सोही किसिमको साथको अपेक्षा गरेको उनले बताए । बैठकले कार्यदलका सबै सदस्यहरूको सुझावसमेत समेटेर उक्त कार्ययोजनालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको छ ।
स्वीकृत कार्ययोजनाअनुसार आगामी सोमवारदेखि हरेक दिन दिउँसो ३ः०० बजे विज्ञ तथा सरोकारवालाहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आमन्त्रण गरी संविधान संशोधनका विषयमा सुझाव सङ्कलन गर्ने निर्णयसमेत बैठकले गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै, बैठकको अध्यक्षता गरेका कार्यदलका संयोजक शाहले कार्यदलले पूर्वनिर्धारित समयमै आफ्नो जिम्मेवारी सम्पन्न गरेर सरकारलाई बहसपत्र पेस गर्ने दृढता व्यक्त गरे।
