देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नव वर्षको पूर्वसन्ध्यामा सोमबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशलाई प्रगतिपथमा अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको माग सम्बोधन हुने गरी समस्याको संवैधानिक समाधान खोज्नुपर्ने उनले बताएका छन् । सबै नेपालीले न्याय, शान्ति र सुख पाऊन् भनी उनले शुभकामना व्यक्त गरेका छन् ।

“निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौँ । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन,” उनले भनेका छन्, “जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउनु विलम्ब नगरौँ ।” विगतका कमजोरी र त्रुटिहरूलाई सच्याउँदै उच्चतम गन्तव्यतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले पछिल्ला वर्षहरूमा अपेक्षित विकास हुन नसकेको भन्दै राजनीतिक तथा प्रशासनिक परिवर्तनहरू प्रभावकारी बन्न नसकेको धारणा व्यक्त गरेका छन् । देशमा बारम्बार प्रयोग र अभ्यास हुने प्रवृत्तिले स्थायित्व कमजोर बनेको उनको भनाइ छ ।

पूर्वराजा शाहले हाल देश विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै आर्थिक अवस्था सुदृढ बनाउन,छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय मित्रहरूसँग सहकार्य बढाउन आवश्यक रहेको बताएका छन् । साथै आन्तरिक सुरक्षालाई सुदृढ बनाउँदै नागरिकको जीउधनको सुरक्षा, अत्यावश्यक वस्तुको आपूर्ति तथा मानवीय सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेयौ तर त्यो कोरा परिवर्तन मात्र भयो । दल दलको खल्बलमा त हामी धेरै दगुन्यौ तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडी पन्य। सधैं प्रयोग, सधै अभ्यास र सधै विकल्पको खोजीमा मात्र हामी लाग्यो । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्र रह्यो । स्थिरता, निरन्तरता र दृढता कता कता हराएर गयो। विधि,पद्धति,व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ,’शुभकामना सन्देशमा भनेका छन्,’राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *