मुम्बई: महासंघको अध्यक्षमा पूर्ण कुवर र महासचिवमा भीमराज गैरे निर्वाचित



नेपाल दर्पण, मुम्बई ।
मुम्बईको एकमात्र विसुद्ध सामाजिक संगठन भनेर चिनिने संयुक्त नेपाली महासंघमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका छन । गत हप्ता २९ मार्च २०२६ को मुम्बई सिएसटी स्थित मराठी पत्रकार संघमा आयोजित कार्यक्रममा वर्ष २०२६–२०२८ दुई वर्षे कालकालको लागि नयाँ पदाधिकारी तथा कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिमा १० पदाधिकारी रहेका छन भने सबै पदाधिकारीहरुले आफ्नो पद तथा गोपनियताको सपथग्रहण गरेका छन ।



नयाँ कार्यसमितिको अध्यक्ष पदमा पूर्ण कुवर नियुक्त भएका छन भने उपाध्यक्ष (अर्थ संगठन) रामलाल पन्थ, उपाध्यक्ष (शिक्षा तथा सांस्कृतिक)श्रीमती सीता काफ्ले, महासचिव – भीमराज गैरे, कोषाध्यक्ष राज रावल, सहसचिव सुरज बोगटी , शिक्षा सचिव श्रीमती मेखा चुहान, सांस्कृतिक सचिव श्रीमती बैजन्ती रावल, अर्थसचिव चन्द्र सिंह र संगठन सचिव– श्रीकृष्ण आचार्य निर्वाचित भएका छन । नवनिर्वाचित पदाधिकारीहरूलाई चुनाव अधिकृत काशीराम पाण्डेले महासङ्घको विधि–विधानअनुसार पद तथा गोपनियताको शपथ दिलाएका हुन । चुनाव सचिव डीबी रावल रहेका थिए ।



नेपाल दर्पणसँगको कुराकानीमा नवनिर्वाचित अध्यक्ष कुवरलले संस्थाको उदेश्य प्राप्तिका लागि टिमवर्क र पारदर्शिताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन । उनले भनेका छन, हामीले अघिल्लो कार्यसमितिले सुरु गरेका राम्रा कामहरूलाई निरन्तरता दिँदै नयाँ योजनाका साथ संस्थालाई थप उचाइमा पु¥याउनेछौं । सर्वसम्मत रूपमा नयाँ अध्यक्षको पदमा निर्वाचित कुवर लामो समयदेखि महासंघमा आबंद्ध व्यक्ति हुन भने यसअघि महासचिव जस्तो गरिमामय पदमा काम गरेको अनुभव रहेको छ ।



भरत रावलको सञ्चालनमा भएको उक्त सपथग्रहण कार्यक्रममा महासंघका विभिन्न पदाधिकारीहरुको साथमा मुम्बईमा स्थित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको गरिमामय उपस्थिती रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई वरिष्ठ सल्लाहकार जगतबहादुर सिंहले सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा बब्ली एकता समाज अध्यक्ष जगदीश बब्लि, पशुपतिनाथ एकता नवीमुंबईका अध्यक्ष कृति आगरी, भारत भारतीय मुम्बईका संयोजक गणेश पुरानिक, हाम्रो छहारीका महासचिव रामसिंग तिरुवा नेपाली सांस्कृतिक परिषद अध्यक्ष कमल सिंह, समाजसेवी बिजनेसमैन मनोज कोटल र मीरारोड शिवसेना शाखा प्रमुख राजेन्द्र थलारीको उपस्थिती रहेको थियो ।



यस्तै, कार्यक्रममा मनकामना एकता फाउण्डेशनका पुर्व उपाध्यक्ष टेक प्रसाद पराजुली, प्रवासी नेपाली एकता मञ्चका महासचिव कटक शाही, महासंघका सल्लाहकार सहप्रमुख देवेन्द्र शाह, पूर्व कार्यवाहक अध्यक्ष रविचन्द्र भट्टराई, उत्तम शर्मा, गणेश ढकाल, समाजसेवी महेन्द्र अर्याल, बुद्धिराम पाण्डे, हरिलाल शर्मा,गोरेगाँव शाखा अध्यक्ष दिनेश भट्टराई,उपाध्यक्ष शकुन्तला पाण्डे, सचिव लक्ष्मी कार्की पदाधिकारी एवं कार्यकारणी सदस्य ,कल्याण शाखा उपाध्यक्ष होम प्रसाद खनाल,कोषाध्यक्ष –केशवराज बराल, सरिता रेग्मी, रेवती घिमिरे लगायत विभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो ।



यसैगगरि कार्यक्रममा संघका आजीवन सदस्यहरू लगायत कलाकार नितु कोइराला, व्यवसायी शोभा गुरुङ समाजसेविका श्रीमती अनिता राणा, लक्ष्मण खत्री, नितु न्यौपाने, शान्ति खड्का, कलाकार जितु सुनार, गोपाल, हेमन कुण्डली, संरक्षक सदस्य श्रीमती लक्ष्मी गौतम, राष्ट्रिय कांग्रेस पार्टीका दक्षिणमध्य मुम्बई विचार मञ्चका अध्यक्ष राजेन्द्र सोनार, कटक शाही , प्रवासी नेपाली एकता मञ्चका महासचिव र मातृभूमि जागरण सङ्घका जनक खड्का, हात्तीकोट समाज अध्यक्ष कर्ण, हाम्रो छहारी प्रमुख श्रीमती शकुन सिंह, कुँवर समाजका बरिष्ठ सदस्य धन ब. कुवँर, प्रवासी बोगटी एकता समाजका अध्यक्ष चन्द्र सिँह बोगटी, मुम्बई जिल्ला कांग्रेस शिवराज शर्मा आदिको गरिमामय उपस्थिती रहको जानकारी नेपाल दर्पणलाई प्राप्त भएको छ ।

