उपसभामुख राप्रपाबाट बनाउने रवि लामिछानेको मनशाय

नेपाल दर्पण, काठमाडौं ।

रास्वापाका सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ । लामिछानेको निवासमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो । उक्त भेटमा लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपसभामुख बनाउने मनशाय व्यक्त गरेका छन् ।

‘म भर्खरै रवि लामिछानेलाई भेटेर बाहिरिएँ । उपसभामुखमा हामीले पाउनुपर्छ भन्ने त होइन । उहाँ (रवि) को चाहना उपसभामुख राप्रपाबाट भइदियोस् भन्ने चाहना रहेको मैले पाएँ । त्यस्तो मिल्दाखेरी हाम्रो दुई जना महिला सांसद हुनुहुन्छ । पार्टी संसदीय दलको बैठक बसेर निर्णय गर्छौं,’– नेता शाहीले रिपोर्टर्स भने ।

रास्वपाले यसअघि नै डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुने व्यवस्था रहेको छ । उक्त भेटमा सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशाका विषयमा समेत छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *